• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बाजुरा अस्पतालमा तत्काल एमडीजीपी डाक्टर व्यवस्थापन गर्न युवा संघको माग

बाजुरा अस्पतालमा तत्काल एमडीजीपी डाक्टर व्यवस्थापन गर्न युवा संघको माग

  • आइतवार, माघ २०, २०८१
बाजुरा अस्पतालमा तत्काल एमडीजीपी डाक्टर व्यवस्थापन गर्न युवा संघको माग

बाजुरा—नेकपा (एमाले) निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा तत्काल एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गरेको छ । आइतवार जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शेखरचन्द्र यादवलाई भेटेर एमडीजीपी डाक्टरको व्यवस्थापन हुनुपर्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ ।

तत्काल जिल्ला अस्पतालमा अनिवार्य एमडीजीपी डाक्टरको दरबन्दी कायम गरी व्यवस्थापन गर्नुपर्ने, बालरोग विशेषज्ञको व्यवस्थापन गरी विशेषज्ञ डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीलाई उचित सुविधाको सुनिश्चितता गर्नुपर्ने माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको युवा संघ सचिव बिष्न कार्कीले बताएका छन् ।

सामान्य खालका बिरामीलाई समेत जिल्ला बाहिर रेफर गरेर महंगो उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गरी समस्यालाई समाधान गर्न सम्बन्धित सबै निकायले पहल कदमी गर्नुपर्ने माग युवा संघले गरेको छ । जिल्लामा विशेषज्ञ डाक्टरको व्यवस्था नहुदाँ सामान्य सर्जरी, सुत्केरी लगायतका बिरामीहरुलाई महंगो एम्बुलेन्स भाँडा तिरेर लामो बाटो हिडेर उपचारमा धाउनुपर्ने बाध्यतामा बाजुराली रहेका छन् ।

त्यस्तै ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला अस्पताल बाजुराका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.शेखरचन्द्र यादवले समस्या समाधानका लागि आवश्यक पहल गरिने बताए । तत्काल समस्या समाधानका लागि जिल्ला स्तरका राजनीतिक दल लगायत सरोकारवाला निकायसंग छलफल गर्ने तयारी रहेको डाक्टर यादवले प्रतिक्रिया दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार