आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • समाज
  • बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी, एक युवक पक्राउ

बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी, एक युवक पक्राउ

  • आइतवार, माघ १३, २०८१
बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी, एक युवक पक्राउ

बझाङ— बझाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई शनिवार प्रहरीले पक्राउ गरेको हो। गिरीले ती किशोरीलाई शनिवार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार