आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको जगन्नाथमा ट्रक दुर्घटना

बाजुराको जगन्नाथमा ट्रक दुर्घटना

  • आइतवार, माघ १३, २०८१
बाजुराको जगन्नाथमा ट्रक दुर्घटना

बाजुरा—कर्णाली करिडोर अन्तर्गत बाजुराको जगन्नाथ गाउँपालिका २ नुनेपानीमा ट्रक दुर्घटना भएको छ । आइतवार बिहान नेपालगञ्जबाट ईटा, सरीया, सिमेन्ट लगायतका सामान बोकेर हुम्ला जादैँ गरेको ट्रक दुर्घटनामा परेको हो ।

विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा भे १ ख २४४५ नम्मरको ट्रक एक्कासी ब्रेकफेल भएर सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले बडीमालिका खबरलाई जानकारी दिएका छन् । उनका अनुसार ट्रक चालक र सह–चालकलाई सकुसल उद्धार गरिएको छ । सडकमै ट्रक पल्टिएपछि अहिले सो सडकखण्ड अवरोध भएको छ ।

अहिले प्रहरी चौकी जुड्डीबाट प्रहरीको टोली खटिएको र अवरोध सडक खुलाउन पहल भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार