आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको बिच्छयामा एक घरमा आगलागी, करिब ८ लाखको क्षति

बाजुराको बिच्छयामा एक घरमा आगलागी, करिब ८ लाखको क्षति

  • शुक्रबार, माघ ११, २०८१
बाजुराको बिच्छयामा एक घरमा आगलागी, करिब ८ लाखको क्षति
फाइल तस्विर।

बाजुरा—बाजुराको अति विकट बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ हिमाली गाउँपालिका वडा नम्बर ५ बिच्छया बस्ने गौरी मलालको घरमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीका अनुसार मलालको घरमा आगलागी हुँदा करिब ८ लाख बराबराको धनमाल जलेर नष्ट भएको छ ।

खाना पकाउनका लागि बालेको आगोबाट घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै आगलागीबाट घरभित्र रहेका ४ लाख नगद, २ तोला सुन, लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायतका सामान जलेर ७ लाख ९० हजार रूपैयाँ बराबरको क्षति जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार