बाजुरा– आईतबारदेखी बाजुरामा संचालित राष्ट्रिय प्रशारण लाईनको बिधुत सेवा नियमित हुने भएको छ । प्राधिकरणले ३३/११ केवीको लाईन निर्माणको अन्तिम भएकोले अव बिधुत सेवा अनियमित नुहने बिधुत प्राधिकरण बाजुरा बितरण शाखा प्रमुख राजेश झाले बताएका छन । नेकपा एमाले निकट अनेरास्वबियू र युवा संघ नेपाल लगायतका संगठनहरुले ध्यानाकर्षण पत्र बुझाउने क्रममा बितरण प्रमुख झाले यस्तो बताएका हुन । दैबिप्रकाेप बाहेक अन्य समयमा बिधुत अनियमित नहुने कार्यालय प्रमुख झाले बताएका छन ।
जिल्लामा बिधुत अनियमित हुदा बिधुत सेवाबाट काम गर्न असहज भएको र राष्ट्रिय प्रशारण लाईनको बिधुत सेवा प्रभावकारी बनाउन माग सहित युवा संघ नेपाल बाजुरा, अनेरास्वबियू बाजुरा र खेलकुद महासघ बाजुराले सयुक्त रुपमा ५ ओटा माग सहित ज्ञापन पत्र बुझाएका छन ।
अत्याआवस्यक समयमा हुने लोडसेडिङ अन्त्य हुनुपर्ने, बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा लाईन बिस्तार गरि बिधुत आपुर्ती गर्न पहल गर्नुपर्ने, जिल्लाभरी राष्ट्रिय प्रशारणको लाईन बिस्तार हुने क्रम जारी रहेकोले जिम्मा लिएका निर्माण कर्ताको ढिलासुस्तीका कारण तोकिएको समयमा काम हुन नसकेको अवस्थामा सो काम छिटो छरितो गराउनुपर्ने लगायतका मागहरु सहित युवा संघ बाजुराका सचिव बिस्न बहादुर कार्की, अनेरास्ववियू बाजुराका सचिव लक्ष्मण रोकाया र खेलकुद महासंघ बाजुराका अध्यक्ष सञ्जय बिकको सयुक्त हस्ताक्षेरीत ज्ञापन पत्र कार्यालय प्रमुखलाई बुझाएका छन ।