आइतवार, फाल्गुन ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन आज

एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन आज

स्थायी कमिटी सदस्य थापाले उद्धघाट्न गर्ने

  • बिहिबार, माघ १०, २०८१
एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन आज

बाजुरा– नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्राे अधिवेशनको उद्धघाटन् आज हुने भएको छ ।  नगर कमिटीको अधिवेशनको उद्धघाटन् नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले गर्ने एमाले बडीमालिका नगर कमिटीका सचिव राजेश पायल विकले बताएका छन् ।

बडीमालिका नगर कमिटीको अधिवेशनमा पार्टीका केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य गगन रावल, पार्टीका जिल्ला अध्यक्ष लालबहादुर ओली लगायतका नेताहरुले अधिवेशनमा सम्वोधन गर्ने नेकपा एमाले बडिमालिका कमिटिले जनाएकाे छ ।

बडीमालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनमा पालिका भरिका ९ वटा वडाबाट छनोट भएका प्रतिनिधिहरु सहभागि हुने भएका छन् । अधिवेशन मार्तडीको खुलामंचमा भव्य रुपमा सम्पन्न गरिने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार