बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • पत्रकार महासंघ निर्वाचनः बाजुरामा निर्विरोध नेतृत्व चयन, अध्यक्षमा पदम सिंह

पत्रकार महासंघ निर्वाचनः बाजुरामा निर्विरोध नेतृत्व चयन, अध्यक्षमा पदम सिंह

उम्मेद्धारको अन्तिम नामावली प्रकाशन

  • बिहिबार, मंसिर २७, २०८१
सेयर गर्नुहोस् :
पत्रकार महासंघ निर्वाचनः बाजुरामा निर्विरोध नेतृत्व चयन, अध्यक्षमा पदम सिंह
नव निर्वाचितअध्यक्ष पदम बहादुर सिंह

बाजुरा —नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरामा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ । देशभर पत्रकार महासंघको निर्वाचन भोलिका लागि तोकिएकोमा बाजुरामा सबै संगठनबाट साझा नेतृत्व निर्विरोध निर्वाचित भएका हुन् ।

उम्मेद्धारमा प्रेस चौतारी, प्रेस युनियन, प्रेस समाजवादी र प्रेस सेन्टरबिच सहमति गरेर साझा प्यानल घोषणा गरेर नयाँ नेतृत्व निर्विरोध गरिएको छ । निर्वाचन समितिका अनुसार पत्रकार महासंघ बाजुराको अध्यक्षमा पदम बहादुर सिंह सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै उपाध्यक्षमा संगिता तिमिल्सेना, रमित विक., सचिवमा प्रेम बहादुर रौले, सहसचिवमा जनक बोहरा, राजेन्द्र विक, कोषाध्यक्षमा उमेश शाही निर्विरोध चयन भएका छन् । त्यसै गरी सदस्यमा सोधा नेपाली, सन्तोष जैशी, धनकृष्ण विक, धर्मी कुमारी बुढा, धनरुप कामी, उमेश रोकाया रहेका छन् । त्यस्तै जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा दयाराम पण्डित र कृष्ण ओली छन् भने प्रदेश परिषद सदस्यमा निमेन्द्र शाही, अनिल शाही, छक्क मल्ल, मोहनराज जैशी र प्रशान्तराज जोशी रहेका छन् ।

चार वटै संगठनले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेपनि निर्वाचन समितिले भने शुक्रवार मात्रै घोषणा गर्ने निर्वाचन समिति संयोजक प्रकाश बहादुर सिंहले बताएका छन् । उनका अनुसार जिल्लामा पत्रकार महासंघको नेतृत्व सर्वसम्मत हुनेपछि प्रदेश र केन्द्रका लागि शुक्रवार बिहान १० बजेबाट मतदान प्रक्रिया सुरु हुने छ ।

त्यस्तै निर्वाचनका लागि जिल्ला शाखा बाजुरामा उम्मेद्धारको अन्तिम उम्मेद्धार नामावली प्रकाशन गरिएको छ । मंसिर २८ गते अर्थात भोलि हुने निर्वाचनका लागि निर्वाचन समितिले आज साँझा उम्मेद्धारको अन्तिम नामावली प्रकाशन गरेको हो ।

उम्मेद्धारको मनोनयन दर्ता पश्चात उम्मेद्धारको नामावली प्रकाशन गरे पछि उम्मेद्धारको दावि बिरोधका लागि तोकिएको समयसम्म कसैले पनि दावि बिरोध नगरेपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गरेको छ ।

May be an image of floor plan, blueprint, ticket stub and text that says 'नेपाल पत्रकार महासंघ औस्महाधिवेश निवाचन स्मिति पद अध्यक्ष उपाध्यक्ष कफियत ၃ ၃ 9 9 सचिव सह सचिव खूल्ला सचिव समावेशी कोषाध्यक्ष सदस्यहरू (दलित महिलासदस्य सदस्य महिला सदस्य बुल्ला सद्स्य 쿠) 9 ၃ मिति: ၃059/5/ခဖ उम्मेदवारको अन्तिम नामावली प्रकाशन विवरण पदसंब्या नाम थर पदम बहादुर सिंह संगिता तिमील्सेना रमित प्रेम बहादुर रौले जनक वहादर बाहरा राजें्द्र उमेश शाही शोधा नेपाली सन्तोष प्रसाद धनकृष्ण विक धर्मी कमारी वूढा धनरुप कार्मी उमेश रोकाया दयाराम पण्डित कष्ण ओली निमेनं्द्र शाही अनिल शाही छक्क मल्ल मोहन राज प्रशान्तराज जोशी 쿠 ٤ राष्ट्रय परिषद सदस्य प्रदेश परिषद सदस्य 9. ဒဲ့ प्रकाश वहा्दुर सिंह निर्वाचन संयोजक'

चर्चामा

सम्बन्धित समाचार