मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • पश्चिमी र स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपातको सम्भावना

  • सोमवार, कार्तिक २६, २०८१
सेयर गर्नुहोस् :
पश्चिमी र स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली भेगमा वर्षासहित हिमपातको सम्भावना

बाजुरा— देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

मंगलबार पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार