• होमपेज
  • बजार
  • बाजुराकाे काेल्टी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव

बाजुराकाे काेल्टी क्षेत्रमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव

  • आइतवार, साउन २७, २०८१
बाजुराकाे काेल्टी क्षेत्रमा  दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव
फाइल तस्बिर

बाजुरा– बाजुरामा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिएको छ । अत्यधिक वर्षाको कारण बाजुराको कोल्टी क्षेत्रमा सडक यातायात अवरुद्ध भएपछि व्यवसायीहरूले उपभोग्य सामानको कृत्रिम अभाव सिर्जना गरेका हुन् । सडक अवरोधका कारण सदरमुकामसँगको लामो दुरी र प्रशासनको अनुगमन कम हुँदा कोल्टी क्षेत्रका व्यापारीले आफूखुसी सामानको मूल्य निर्धारण गर्ने गरेका छन् । यस क्षेत्रमा अहिले चामल नुन तेल चिनी लगायतका सामान मूल्य अकासिएको छ । कोल्टी बजारमा दैनिक उपभोग्य सामग्रीको कृत्रिम अभाव र कालोबजारी बढेको स्थानीयको गुनासो छ ।

वर्षा याम सुरु हुनु पहिले ७० देखी ७२ रुपैयाँ प्रति किलो पाउने चामल अहिले बजारमा ८० देखि ८५ रुपैयाँ पुगेको छ । त्यसै गरी चिनी १ सय ३० रुपैयाँ प्रति किलो, दाल २ सय ५० रुपिया किलोसम्म पर्ने गरेको उपभोक्ताहरूले बताएका छन । वर्षाले सडक बिग्रिएका कारण देखाउदै सामान ढुवानीमा बढी खर्च भएको भन्दै त्यस क्षेत्रमा अहिले चामल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना गरेका हुन ।

वर्षा याम पूर्व व्यापारीहरूले सामानहरू भण्डारण गरिसकेका भए पनि अहिले अभाव भएको भन्दै उपभोक्तासँग बढी मूल्य लिन थालेको कोल्टीका स्थानीय खाद्य अधिकार कर्मीले बताएका छन । व्यापारीले करिब दुई महिना अघिनै उपभोग्य सामग्री भण्डारण गरिसकेका भए पनि ढुवानीमा समस्या भएको भन्दै उपभोक्तासँग बढी मूल्य लिएको अधिकारकर्मीहरुकाे भनाइ रहेकाे छ । व्यवसायीले दैनिक उपभोग्य वस्तु लगायत अत्यावश्यक सामग्री हवाई यातायातमार्फत ढुवानी भएको भन्दै कोल्टी पाण्डुसैन, कोल्टी धुलाचौर, पिलुचौर लगायतका बजारमा सामानको मूल्यमा मनोमानी हुने गरेको बुझिएकाे छ । विशेष गरी दैनिक उपभोग्य सामग्री दाल, चामल, नुन, तेल, तरकारी, फलफूलमा व्यापक कालोबजारी र कृत्रिम अभाव बढेको  पाइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार