• होमपेज
  • भलिबल
  • काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

  • आइतवार, साउन २०, २०८१
काभा वुमन्स नेसन्स लिगमा नेपालले आज इरानसँग खेल्दै

काभा वुमन्स भलिबल नेसन्स लिगमा नेपालले आझ आफ्नो तेस्रो खेलमा इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ ।

इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका र भारतलाई पराजित गरिसकेकोछ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली माल्दिभ्ससँग हुनेछ । दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ ।

नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ । आजै हुने पहिलो खेलमा श्रीलंकाले माल्दिभ्ससँग खेल्नेछ । दुवै टोली जितविहीन छन् र पहिलो जितको खोजीमा छन । श्रीलंका नेपालसँग सोझो सेटमा पराजित हुँदा इरानसँग रोमाञ्चक खेलमा ३-२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ ।

दुवै खेलमा पराजित माल्दिभ्स अंकविहीन छ । कम्तीमा एक खेल जित्ने लक्ष्य राखेको माल्दिभ्स श्रीलंकाविरुद्ध जित निकाल्ने लक्ष्यमा छ । पाँच टोली सहभागी प्रतियोगितामा लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्दा अन्तिम हुने टोली बाहिरिनेछ ।

चर्चामा

सम्बन्धित समाचार