सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा प्रथम मेयर कप भलिवलको उपाधि मेल्लेख गाउँपालिकालाइ

बुढिगंगा प्रथम मेयर कप भलिवलको उपाधि मेल्लेख गाउँपालिकालाइ

  • बिहिबार, कार्तिक २३, २०८०
बुढिगंगा प्रथम मेयर कप भलिवलको उपाधि मेल्लेख गाउँपालिकालाइ

बाजुरा– बुढिगंगा नगरपालिकामा आयोजना गरिएको प्रथम मेयर कप भलिवल प्रतियोगिताको उपाधी मेल्ललेख गाउँपालिका अछामले हात पारेको छ । बिहिबार भएकाे सेमीफाइनल खेलमा आदर्श गाउँपालिका डोटीलाई हराउँदै मेल्लेख अछाम मेयर कपको उपाधि जित्न सफल भएको हो ।
५ दिनसम्म सञ्चालन भएको अन्तर पालिका स्तरिय प्रथम मेयर कप भलिवल प्रतियोगिताको उपाधि मैल्लेख गाउँपालिका अछामले हात पारेको छ । बिहिबार भएको सेमीफाइनल खेलमा आदर्श गाउँपालिका डोटीलाई हराउँदै मेल्लेख अछाम मेयर कपको उपाधि जित्न सफल भएको हो ।
त्यस्तै मेयर कप प्रतियोगितामा आदर्श गाउँपालिका डोटी उपबिजेता बनेको छ भने तृतीय अछामकै बान्नीगढी गाउँपालिका बनेको छ । प्रतियोगिताको बिजेता बनेको मेल्लेख गाउँपालिका अछामलाई नगत १ लाख ५६ हजार ७ सय ७७ ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको नगरप्रमुख राम बहादुर बानियाले बताएका छन ।
मेयर कपको उपबिजेता आदर्श गाउँपालिका डोटीलाई नगद १ लाख ७ हजार ७ सय ७७ ट्रफी मेडलसहित प्रमाणपत्र प्रदान गरिएको छ भने तृतीय बनेको बान्नीगढी जगयगढ गाउँपालिका अछामलाई नगद५७ हजार ७ सय ७७ रुपैयाँ प्रदान गरिएको छ भने सान्त्वना भएको भिमदत्त नगरपालिका कञ्चनपुलाई.पनि पुरस्कार प्रदान गरिएको बताइएको छ । उक्त प्रथम मेयरकप भलिबल प्रतियोगिता बडिमालिका क्याम्पस फलासैनमा सञ्चालन भएको थियो ।

उक्त प्रतियोगिता कार्तिक १९ गतेदेखि सुरु भई बिहिबार एक कार्यक्रमका बिच समापन गरिएको बुढिगंगा नगरपालिकाले जनाएको छ । नगरपालिकामा खेलाडी र खेल क्षेत्रको विकासमा टेवा मिलोस् भन्ने उदेश्यका साथ सुरु गरिएको प्रथम मेयर कपमा जम्मा १६ वटा टिम सहभागि भएको नगरपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार