मङ्लबार, मंसिर १८, २०८१
  • होमपेज
  • बजार
  • मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी

मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी

  • शुक्रबार, साउन ११, २०८१
मौद्रिक नीति आजै सार्वजनिक गर्ने तयारी

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो ।
कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो ।
मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन् । गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार