• होमपेज
  • बजार
  • सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार

सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार

  • बिहिबार, साउन ३, २०८१
सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार

काठमाडौं —साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन १२ अर्ब ५ करोडको कारोबार भएको थियो ।

कारोबारसँगै परिसूचक नेप्से ५९.६८ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २४२४ अंकमा कायम भएको छ । नेप्सेको यो अंक २७ महिनायताकै उच्च हो ।
कुल १४३ कम्पनीको मूल्य बढ्दा ९५ को घट्यो भने ५ को स्थिर रह्यो ।

यस दिन बैंकिङ समूहको सूचक सबैभन्दा धेरै ६.२८ प्रतिशत बढ्यो । विकास बैंक १.३१, होटल तथा पर्यटन १.०४, जीवन बीमा १.२९, उत्पादन १.१७, माइक्रोफाइनान्स २.७७, निर्जीवन बीमा १.०५, अन्य २.३० र ब्यापार समूह ०.४६ प्रतिशत बढ्यो ।

यस दिन फाइनान्स १.२७ प्रतिशत घट्यो भने हाइड्रोपावर समूह १ अंकमुनि ऋणात्मक रह्यो । यस दिन ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल फाइनान्स, आखुखोला जलविद्युत्, उपकार लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कुमारी र प्रभु बैंकको मूल्य साढे ९ प्रतिशत बढ्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, माथिल्लो तामाकोशी, ङादी ग्रुप, साइन रेसुङ्गा विकास बैंक र कुमारी बैंक क्रमशः अगाडि रहे ।

चर्चामा

सम्बन्धित समाचार