बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • कर्णाली प्रदेश
  • नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

  • आइतवार, असार २३, २०८१
सेयर गर्नुहोस् :
नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कञ्चनपुर– कञ्चनपुरमा आज राति भारी वर्षा हुने सम्भावना देखिएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले सार्वजनिक सूचना जारी गर्दै कैलाली र कञ्चनपुरमा नदी किनारा र तटीय क्षेत्रका जिल्लावासीलाई सतर्क रहन आग्रह गरे ।

केन्द्रीय विपद् व्यवस्थापन महाशाखाले भारी वर्षा हुने जानकारी जिल्ला प्रशासन कार्यालयलाई दिएपछि स्थानीय तहलाई सतर्क रहन भनिएको हो । जिल्लाका नौ स्थानीय तहले सम्भावित बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउनका लागि सचेत पार्न कर्मचारी परिचालन गरेका छन्

बाढी प्रभावित क्षेत्रमा उद्धार गर्न र पूर्वसूचना प्रदान गर्न नगर प्रहरी र विपद् शाखाका कर्मचारीलाई तयारी अवस्थामा राखिएको शुक्लाफाँटा नगरपालिकाको विपद् शाखाका धिरज ऐरले बताए । माथिल्लो तटीय क्षेत्रका ‘रेनरेग रिडर’लाई पनि तयारी अवस्थामा राखिएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार