शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • खेलकुद
  • सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

  • सोमवार, असार ३, २०८१
सन्दीप टी-२० आईमा १ सय विकेट पूरा गर्ने नेपालको पहिलो खेलाडी

 अमेरिका – नेपालका लेगस्पिनर सन्दीप लामिछाने टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । आईसीसी टी२० विश्वकप २०२४ मा बंगलादेशविरुद्ध दुई विकेट लिदै सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन् । १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे ।

नेपालबाट सन्दीपपछि करण केसीले ७० खेलमा ९० विकेट लिएका छन् । अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट लिएका छन् । त्यस्तै सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार