शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार पुग्यो

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार पुग्यो

  • शुक्रबार, जेष्ठ २५, २०८१
सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको १ लाख ४५ हजार पुग्यो

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। आज १ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल एक तोला सुनको मूल्य १ लाख ४५ हजार कायम हो। बिहीबार सुन प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार