शुक्रबार, असार २१, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७०० पुग्यो

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७०० पुग्यो

  • मङ्लबार, जेष्ठ २२, २०८१
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख ४२ हजार ७०० पुग्यो

काठमाडौं —नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। मंगलबार २ हजार ७०० रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार प्रतितोला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो।

सुनको भाउ बढेसँगै चाँदी पनि बढेको छ। चाँदी तोलामा २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार