• होमपेज
  • क्रिकेट
  • टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

  • आइतवार, जेष्ठ २०, २०८१
टी-२० विश्वकपको पहिलो खेलमा क्यानडामाथि अमेरिकाको शानदार जित

 घरेलु टोली अमेरिकाले आईसीसी टी -२० विश्वकपमा विजयी सुरूवात गरेको छ। आइतबार बिहान सम्पन्न पहिलो खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा भएको खेलमा क्यानडाले दिएको १९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेटको क्षतिमा १९७ रन जोड्न सफल भयो।

अमेरिकाका आरोन जोन्सले अविजित हुँदै सर्वाधिक ९४ रन जोड्न सफल भए। उनले ४ चौका र १० छक्का प्रहार गरे। एन्ड्रिज गौसले ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रन बनाए।

No description available.

क्यानडाका लिवालले सर्वाधिक ६१ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। जोन्सन २३ रनमा आउट भए। निकोलस किर्तनले ३१ बलमा ३ चौका र २ छक्कासहित ५१ रन जोडे। दिलप्रीत सिंह ११ र पर्गट सिंह ५ रनमा आउट भए। श्रेयस मोब्बा ३२ र डिलन हेलिगर १ रनमा अविजित रहे।

ग्राण्ड प्रियरी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९४ रन बनाएको थियो। विश्वकपको दोस्रो खेलअन्तर्गत आजै वेस्ट इन्डिज र पपुवा न्यु गिनीबीच प्रतिस्पर्धा हुँदैछ ।

टी–२० विश्वकप आजबाट सुरू भएको हो। खेल एक महिनासम्म चल्नेछ।

चर्चामा

सम्बन्धित समाचार