• होमपेज
  • यौन स्वास्थ्य
  • बाजुराको दुर्गम बिछ्यामा सञ्चालित प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी शिविर सम्पन्न

बाजुराको दुर्गम बिछ्यामा सञ्चालित प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी शिविर सम्पन्न

  • शनिबार, जेष्ठ १९, २०८१
बाजुराको दुर्गम बिछ्यामा सञ्चालित प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी शिविर सम्पन्न

बाजुरा —बाजुराको सबैभन्दा दुर्गम हिमाली गाउँपालिका वडा नम्बर १ बिछ्यामा सञ्चालन भएको प्रजनन स्वास्थ्य रुग्णता सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । शुक्रबार स्वास्थ्य कार्यालय बाजुराको आयोजना र हिमाली गाउँपालिकाको समन्वयमा बिछ्या स्वास्थ्य चौकीमा सञ्चालन गरिएको एक दिने शिविरबाट एक सय ५५ जनाले सेवा लिएका स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

एक दिने निःशुल्क शिविरमा सामान्य स्वास्थ्य समस्याको चेकजाँच तथा उपचार, पाठेघरको मुखको क्यान्सरको स्क्रीनिगं जाचँ तथा परामर्श, बाँझोपनको चेकजाँच तथा परामर्श, महिलाको तल्लो पेट दुख्ने, चिलाउने, सेतो पानी बग्ने, जस्ता समस्याको उपचार गरिएको बिछ्या स्वास्थ्य चौकीले जानकारी दिएको छ । त्यस्तै स्तन क्यान्सर जाचँ तथा परामर्श, परिवार नियोजनका लामो अवधिका अस्थायी साधन सेवा, सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, निःशुल्क औषधी वितरण लगायतका सेवा दिइएको बिछ्या स्वास्थ्य चौकीका प्रमुख गोबिन्द सहकारीले बताएका छन् ।

शिविरमा हिमाली गाउँपालिका सहित छिमेकी जिल्ला हुम्लाका बिरामी समेत उपचारका लागि आएका थिए । सञ्चारको समस्या र यातायातको पहुँच पुग्न नसकेको बाजुराको सबैभन्दा दुर्गम बिछ्यामा निःशुल्क शिविर सञ्चालन भएपछि त्याँहाका नागरिक खुसी भएका छन् ।

यस अघि स्वास्थ्य कार्यालय बाजुराको आयोजनामा जेठ १५ गते त्रिवेणी नगरपालिकाको तोलीमा समेत शिविर सञ्चालन गरेको थियो ।

चर्चामा

सम्बन्धित समाचार