• होमपेज
  • अर्थ/वाणिज्य
  • संशोधित अनुमानभन्दा २४ प्रतिशत ठूलो बजेट तयार

संशोधित अनुमानभन्दा २४ प्रतिशत ठूलो बजेट तयार

  • मङ्लबार, जेष्ठ १५, २०८१
संशोधित अनुमानभन्दा २४ प्रतिशत ठूलो बजेट तयार

अर्थ मन्त्रालयले करिब १९ खर्ब रुपैयाँको बजेट तयार गरेको छ । मन्त्रालयले तयार गरेको आकारका आधारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा हुने स्रोत समितिले सोमबार साँझ बजेटको नयाँ सिलिङ निर्धारण गरेको छ ।

नयाँ बजेटका आधारमा आयोगले तयार गरेको नयाँ मध्यमकालीन खर्च संरचना र विकास कार्यक्रमलाई प्रधानमन्त्री अध्यक्षताको आयोगको पूर्ण बैठकले मंगलबार बिहान पारित गरेको छ । मंगलबार दिउँसो १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले बजेटका अतिरिक्त यससँग सम्बन्धित विधेयकहरूलाई पारित गर्ने छ ।

सरकारले चालु आर्थिक वर्ष (आव) २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट ल्याए पनि मध्यावधि समीक्षामार्फत १५ खर्ब ३० अर्ब मात्रै खर्च हुने अनुमान गरेको थियो । त्यसको तुलनामा आगामी आव २०८१/८२ मा आउने बजेट २४ प्रतिशत ठूलो हुनेछ । तर, बजेटसँगै सरकारले चालु आवको खर्चको अन्तिम संशोधित अनुमान पेस गर्ने छ ।

त्यसमा खर्चको आकार अझै कम हुन सक्ने छ ।गत वर्षको मध्यमकालीन खर्च संरचनाले साढे १९ खर्बसम्मको बजेट बनाउन सक्ने सुविधा सरकारलाई दिएको थियो । अर्थमन्त्रीले आजै दिउँसो ३ बजे संसद्को संयुक्त बैठकमा बजेट पेस गर्ने कार्यक्रम छ ।

चर्चामा

सम्बन्धित समाचार