मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • कृषि बजार, बिकाश तथा ब्यबस्थापन सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न

कृषि बजार, बिकाश तथा ब्यबस्थापन सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न

  • शुक्रबार, बैशाख २८, २०८१
कृषि बजार, बिकाश तथा ब्यबस्थापन सम्बन्धी एक दिने अन्तरकृया कार्यक्रम सम्पन्न

बाजुरा– बडिमालिका नगरपालिका कृािष बिकाश शाखाको आयोजनामा कृषि बनार बिकाश तथा ब्यबस्थापन सम्बन्धी एक दिने अन्तरक्रिृया कार्यक्रम सम्पन्न भएको छ । रैथाने बालीको प्रबद्धन, बजारीकरण र कृषि उपज केन्द्र संचालन गर्न सरोकारवालाहरु संग छलफल गरिएको हो ।
कृषकले उत्पादन गरेको बस्तु बिक्री गर्न सहज होस भन्ने उदेस्यका साथ यो आर्थिक बर्षबाटै बजारमा रहेको कृषि उपज केन्द्र संचालनमा ल्याउने बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताए । कार्यक्रममा बोल्दै किसानका समस्या समाधानका लागि नगरपालिकाले बनाएको कार्यबिधी अनुसार किसानको बर्गिकरण र सुचिकृत गरी एकीकृत कार्यक्रमहरु समेत संचालन गरिने नगर प्रमुख खड्काले बताएका छन ।
आउदो आर्थिक बर्षबाट मार्तडी बजारमा रहेको तरकारी उपज केन्द्र संचालन गर्ने र त्यसका लागि बजार,उत्पादन, र बिक्रेताहरुको सम्बन्ध र बजारीकरण सम्बन्धी छलफल गरिएको कृषि शाखा प्रमुख रमेश बिकले बताएका छन । कृषि उत्पादन रैथाने बालीको प्रबद्धन बजारीकरण सहज र स्वस्थ्य तरकारी आम उपभोक्तामा पुर्याउन सरोकारवालाहरुसंगको छलफल गरिएको विकले बताए ।
अन्तरक्रिया कार्यक्रमको भेलाले कृषि उपज केन्द्र संचालन कार्यबिधी अनुसार संचालक समिति समेत गठन गरेको छ । नगर उप प्रमुख अध्यक्ष रहने गरी एक महिला सहित दुई जना उत्पादकबाट, दुई जना बिक्रेता र एक जना उपभोक्ता र सदस्य सचिव कृषि शाखा अधिकृत रहने गरी ७ सदस्यि समिति गठन गरिएको छ ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा संचालन भएको कार्यक्रमको सहजीकरण बिज्ञ हिम्मतसिहं लेकालीले गरेका थिए । बडिमालिका नगरपालिका कृषी बिकाश शाखाको आयोजनामा संचालन गरिएको कार्यक्रमको सहयोग गिप्ट नेपालको रहेको थियो । कार्यक्रममा बडिमालिका नगरपालिका उप प्रमुख नन्दा कुमारी थापा, बडिमालिका नगरपालिकाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, उत्पादक कृषक, बिक्रेता र उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार