शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • सहकारीको समस्या समाधान गर्न अध्यादेश वा संसदमार्फत चाँडै कानुन बनाइन्छ : मन्त्री गिरी

सहकारीको समस्या समाधान गर्न अध्यादेश वा संसदमार्फत चाँडै कानुन बनाइन्छ : मन्त्री गिरी

  • मङ्लबार, बैशाख १८, २०८१
सहकारीको समस्या समाधान गर्न अध्यादेश वा संसदमार्फत चाँडै कानुन बनाइन्छ : मन्त्री गिरी

काठमाडौं— कानुन,न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सम्मेलनमा लगानीकर्तालाई उत्साह गर्न अध्यादेशमार्फत कानुन ल्याइएको दाबी गरेका छन्। लगानी सम्मेलनमा लगानी कर्ता उत्साह पैदा गराउन संसद नचलेको समयमा अध्यादेश ल्याइएको स्पष्ट पारेका हुन्।

आजको बैठकमा समितिमा भएका विधेयक छिट्टै टुंग्याउने र संसदमा पेश गर्नेबारे छलफल भएको उनले बताए। उनले आउने अधिवेशनमा उल्लेख्य विधेयक पेश हुने विश्वास व्यक्त गरे। गिरीले भने,‘आगामी अधिवेशन बजेट अधिवेशन भएपनि विधेयक पेश गरेर छलफलसहित पारित हुन्छन् भन्ने विश्वास छ। राम्रो सफलता मिल्छ।’

अर्को प्रसंगमा उनले सहकारीको देशभरीको अत्यन्तै विकराल समस्या भएकाले सरकार कानुन निर्माणमा लागेको बताए। ‘सहकारीको देशभरीको अत्यन्तै विकराल समस्या हो,यो यथार्थ हो। सामान्यरुपमा हल हुन सक्दैन, यो पनि यथार्थ हो। त्यसैले नयाँ कानुन बनाउनुपर्छ र नयाँ संरचना अनुसार अगाडि बढाउनुपर्छ। र बचतकर्ताको रकम फिर्ता गराउनुपर्छ। उनले भने,‘यो अध्यादेश वा संसदमा पेश गरेर चाँडै समस्या समाधान गर्नुपर्छ।’

चर्चामा

सम्बन्धित समाचार