आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • क्रिकेट
  • नेपाललाई १० रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ विजयी

नेपाललाई १० रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ विजयी

  • आइतवार, बैशाख १६, २०८१
नेपाललाई १० रनले पराजित गर्दै वेस्ट इन्डिज ‘ए’ विजयी

काठमाडौं– नेपाललाई वेस्ट इन्डिज ‘ए’ले १० रनले पराजित गरेको छ। आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रनको योगफल तयार पारेको थियो। जवाफी ब्याटिङ गर्ने क्रममा नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सके।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७१ रन बनाए। त्यसैगरी गुलशन झाले २६ रन, लोकेश बमले १७ रन,आरिफ शेखले १२ रनको योगदान गरे। अन्य खेलाडिले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

वेस्ट इन्डिजका ओबेद म्याककोय र गुडाकेश मोतीले २/२ विकेट,ओसेन थोमस र रोस्टन चेजले १/१ विकेट लिए।

त्यस अगाडि वेस्ट इन्डिज ‘ए’का ०६ रनको योगफल बनाउँदा आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए। कप्तान रोस्टन चेजले २३ रन जोडे भने अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका लागि सागर ढकाल र कुशल भुर्तेलले २/२,सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए।

आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’टोलीसँग खेलेको हो।

शनिबार नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले हराएको थियो। नेपाल र वेस्टइन्डिज ‘ए’बीचको तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ। घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार