शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • क्रिकेट
  • वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक जित

वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक जित

  • शनिबार, बैशाख १५, २०८१
वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं– नेपालले वेस्ट इन्डिज एलाई ४ विकेटले हराएको छ। कप्तान रोहित पौडेलको सतक प्रेरित खेलमा नेपाल 2 बल अगावै नेपालले रोमाञ्चक जित हात पारेको हो।

पौडेलले ५४ बलमा ११२ रन बनाएर आउट भएका थिए। उनले १० चौका र ६ छक्का प्रहार गरे। रोहित पेभेलियन फर्किएपछि नेपाल दबाबमा परेको थियो। अन्तिम ओभरमा गुल्शन झाले २ चौका प्रहार गरेपछि नेपालको जित सुनिश्चित बनेको थियो। झाले अविजित ९ रन र प्रतिश जिसीले एक चौकासहित ५ रनमा अविजित रहे।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले २४ रन, कुशल मल्ल र कुशल भुर्तेलले १६-१६ रन र अनिल साहले ५ रन बनाए।

टियु क्रकेट मैदानमा शनिबार यसअघि वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेसले सर्वाधिक ७४ रन बनाए। चेसले ४६ बलमा ९ चौका, २ छक्कासहित ७४ रन बनाए। ओपनर एलिक एथानाजेले ४६ रन बनाउँदा केसी कार्टीले ३८ रन बनाए। अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि कमल सिंह ऐरी,दीपेन्द्रसिंह ऐरी,रोहितकुमार पौडेल र अविनाश बोहोराले एक/एक विकेट लिए।

चर्चामा

सम्बन्धित समाचार