सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • क्रिकेट
  • स्टोइनिसको सानदार शतकमा लखनउले चेन्नईलाई हरायो

स्टोइनिसको सानदार शतकमा लखनउले चेन्नईलाई हरायो

  • बुधबार, बैशाख १२, २०८१
स्टोइनिसको सानदार शतकमा लखनउले चेन्नईलाई हरायो

मार्कस स्टोइनिसको सानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ ।

२११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय इनिङ खेले ।

लखनउलाई जित्नलाई अन्तिम ६ बलमा १७ रन चाहिएको थियो । मुश्ताफिजुर रहमानलाई छक्का, चौका, नो बलमा चौका र फेरि पनि चौका हान्दै उनले सहजै खेल जिताए ।

निकोलस पुरन १५ बलमा ३ चौका र २ छक्कासहित ३४, देवदत्त पाडिक्कल १३, राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । दीपक हुडाले ६ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।

चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेले पनि जिताउन सकेनन् ।

शिवम दुबेले २७ बलमा ३ चौका र ७ छक्कासहित ६६, अजिंक्या रहाणे १, डर्याल मिचेल ११ र रविन्द्र जडेजाले १६ रन बनाए । लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १/१ विकेट लिए ।

लखनउ ८ खेलमा ५ मा जितसहत १० अंकका साथ चौथो स्थानमा छ । चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ शीर्षस्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार