मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • खेलकुद
  • एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

  • बुधबार, बैशाख ५, २०८१
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापाले जानकारी दिए ।

दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दाका फरार अभियुक्त हुन् । दावालाई उच्च अदालत पाटनले २०६४ जेठ २० गते दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्ष कैद र पाँच हजार जरिवाना तोकिएको थियो । तर, उनी सजाय भुक्तान नगरी फरार थिए । उनलाई सजाय भुक्तानीका लागि अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार