मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

  • आइतवार, बैशाख २, २०८१
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

नेपाली बजारमा वर्षको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन १ लाख ३६ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार छापावाल सुन १ लाख ३९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५० रुपैयाँले घटेर तोलाको १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार