बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • देशभित्र शोशण पनि थरिथरी

देशभित्र शोशण पनि थरिथरी

  • आइतवार, चैत्र २५, २०८०
देशभित्र शोशण पनि थरिथरी

मुटु पिरो हुन्छ सधै आँसु आँखा भरी हुन्छ,
कसैले रचना चोरिगर्दा दुःख घरिघरी हुन्छ।

कहिले ज्वाला बोल्छ आक्रोश हुन्छ कहिले,
यिनै आँखामा पनि अनायसै बर्खेझरी हुन्छ।

बिडम्वना यो हाम्रै समाज दुष्टहो कि मित्रहो,
आँसुकै भेल त कहिले पसिना धरधरि हुन्छ।

यो पैसा प्रधान समाज भित्र केके गर्छन् धनी,
सबथोकमै शोषण हुन्छ उनैको मनपरि हुन्छ।

रात भन्दैनन् दिन भन्दैनन् मिहेनत गर्नेहरूले,
चोर द्वारा उनैमाथि लुटमार नै खरखरी हुन्छ।

कसैले देश लुटे रचना समेत छाडेनन् असैले,
हाम्रै यो देशभित्र शोशण पनि थरिथरी हुन्छ।

चर्चामा

सम्बन्धित समाचार