शुक्रबार, असार २८, २०८१
  • होमपेज
  • क्रिकेट
  • बेंग्लोरमाथि राजस्थानको सानदार जित, कोहलीको शतक काम लागेन

बेंग्लोरमाथि राजस्थानको सानदार जित, कोहलीको शतक काम लागेन

  • आइतवार, चैत्र २५, २०८०
बेंग्लोरमाथि राजस्थानको सानदार जित, कोहलीको शतक काम लागेन

ओपनर जस बटलरको शतकमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ६ विकेटको सानदार जित हात पारेकोछ । १८४ रनको लक्ष्य राजस्थानले १९.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो ।

राजस्थानको जितमा जस बटलरले ५८ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक १०० रनमा अविजित रहे । पछिल्लो समय खराब लयमा रहेका बटलरलाई यो शतकले ठूलो राहत दिनेछ । कप्तान संजु स्यामसन ४२ बलमा ८ चौका र २ छक्कासहित ६९ रन बनाए । बेंग्लोरका  रिस टोप्ली २, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंग्लोरले २० ओभरमा तीन विकेट गुमाउँदै १८३ रन बनाएको थियो । विराट कोहलीले ७२ बलमा १३ चौका र ४ छक्कासहित ११३ रनमा नटआउट रहेपनि जित्नका लागि जुत्न पर्याप्त रहेन । फाफ डु प्लेसिस ४४, ग्लेन म्याक्सवेल १ रनमा आउट भए । राजस्थानका युजभेन्द्र चहलले २ र नान्द्रे बर्गरले १ विकेट लिए ।

राजस्थान ४ खेलमा अपराजित रहेर शीर्ष स्थानमा छ । कोलकाता ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा छ । बेंग्लोर ५ खेलमा ४ मा हार र १ मा जितसहित आठौं स्थानमा छ । मुम्बइ ३ खेलमा जितविहीन हुँदै पुछारमा छ ।

चर्चामा

सम्बन्धित समाचार