मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

  • शुक्रबार, चैत्र २३, २०८०
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

बुटवल —लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोख बहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

महरालाई आइतबार दिउँसो १ मुख्यमन्त्री पदको शपथ खुवाइने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार