शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • क्रिकेट
  • दोस्रो एकदिवसीयमा आयरल्यान्ड ‘ए ’ ले नेपाल ‘ए’ लाई ११४ रनले हरायो

दोस्रो एकदिवसीयमा आयरल्यान्ड ‘ए ’ ले नेपाल ‘ए’ लाई ११४ रनले हरायो

  • शुक्रबार, चैत्र २३, २०८०
दोस्रो एकदिवसीयमा आयरल्यान्ड ‘ए ’ ले नेपाल ‘ए’ लाई ११४ रनले हरायो

काठमाडौँ— आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोली पराजित भएको छ । आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

चर्चामा

सम्बन्धित समाचार