बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यहाँ बिदेशका दललहरूकै धेरै बिगबिगी छ

यहाँ बिदेशका दललहरूकै धेरै बिगबिगी छ

  • बुधबार, चैत्र २१, २०८०
यहाँ बिदेशका दललहरूकै धेरै बिगबिगी छ

कसैले आँखा मृगौला विक्रिगर्ने दोकान खोज्छन्,
कसै कसैले सित्तैमा पाउँने कसैको दान खोज्छन्।

लाचार छ समाज रोजगार र उपचारकै अभावमा,
नेतहरू देशबिदेशमा घुम्दै आफ्नो सान खोज्छन्।

विदेशीलाई काजु बादामले स्वागत गर्छ सरकारले,
देशका जनताले खानलाई मकै र धान खोज्छन्।

थाहा छ जो जमिन सँगै छुट्टियो आफन्त सँग सधैं,
उनैले आज आफ्नो स्वाभिमान र सन्तान् खोज्छन्।

यहाँ बिदेशका दललहरूकै धेरै बिगबिगी छ देशमा,
उनैले हामिबाट मान खोज्छन् र सम्मान खोज्छन्।

चर्चामा

सम्बन्धित समाचार