मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?

सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?

  • बुधबार, चैत्र २१, २०८०
सुनको मूल्यमा नयाँ रेकर्ड, आजको कारोबार कतिमा ?

नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । गत सोमबार नयाँ रेकर्ड बनाएर हिजो केही घटेको सुनको मूल्य आज १८ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन १ लाख ३१ हजार २ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेर हालसम्मकै महँगो भएको छ । हिजो तोलाको १ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ६१० रुपैयाँ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार