मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादी कर्णालीको निर्णय– विश्वासको मत लिएर नै छाड्ने, त्यसपछि राजीनामा

माओवादी कर्णालीको निर्णय– विश्वासको मत लिएर नै छाड्ने, त्यसपछि राजीनामा

  • मङ्लबार, चैत्र २०, २०८०
माओवादी कर्णालीको निर्णय– विश्वासको मत लिएर नै छाड्ने, त्यसपछि राजीनामा

काठमाडौँ — कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । मंगलबार बसेको माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिनुपर्ने निर्णय गरेको हो ।

माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीले विश्वासकाे मत लिने जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शर्माले विश्वासको मत लिएपछि मात्रै राजीनामा दिने भएका छन् ।

दलको बैठकपछि परियारले भने,‘विश्वासको मत लिने प्रक्रिया अगाडि बढिसकेको छ । सत्ता साझेदार दलहरूको तर्फबाट अहिले विश्वासको मत लिने र केन्द्रको सम्झौताको मर्म र भावनालाई कदर गरेर केही समयपछि सत्तालाई जसले पाउने भएको छ, उसलाई दिने निर्णय भयो ।’

परियारले बुधबार मुख्यमन्त्री शर्माले विश्वासको मत लिने जानकारी दिए । उनले विश्वासको मत लिएको केही दिनपछि सत्ता हस्तान्तरण हुने बताए । यस्तै उनले नेकपा एमालेले पनि मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । उनले केन्द्रको निर्णय माओवादी कर्णालीले लागु गर्ने बताए । संसदमा विश्वासको मत लिनका लागि पत्र दर्ता भएकाले विश्वासको मत लिएर मात्रै सत्ता हस्तान्तरण हुने उनले बताए ।

केन्द्रमा गठबन्धनमा भएको सहमति अनुसार कर्णाली प्रदेशमा एमालेले मुख्यमन्त्री पाउने छ ।

चर्चामा

सम्बन्धित समाचार