मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याइदै

बडीमालिका नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याइदै

  • आइतवार, चैत्र १८, २०८०
बडीमालिका नगरपालिकाले व्यवसायीलाई करको दायरामा ल्याइदै

बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाले स्थानीय व्यापार व्यवसायलाई अनिवार्य करको दारयामा ल्याउने भएको छ । त्यसका लागि बडिमालिका नगरपालिकाभित्र सञ्चालन भईरहेका र अव सञ्चालन हुने व्यापारिक व्यवसायिक फमहरुलाई स्थानीयतहदेखि र कर कार्यालयसम्म अनिवार्य दर्ता र कर तिर्नुपर्ने  छ ।
हाल सञ्चालनमा रहेका व्वापार व्यवसायहरु अब उप्रान्त व्यवसायिक दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिदै अव गरिने व्यापारिक व्यवसायिक फर्महरुलाई पनि पहिल्यै दर्ता गरेर मात्र सञ्चालन गर्न पाउने नियम बनाइएको हो । हाल सञ्चालित सबै प्रकारका व्यापार व्यवसायीहरुले बिना नगरपालिकामा ब्यबासाय कर अनिबार्य तिर्नुपर्ने बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काले बताए । करको दायरामा आउन र सुरक्षित व्यवसाय गर्न गाउँपालिकाले यो नियम लागू गरेको नगर प्रमुख खड्काले बताए ।

स्थानिय सरकारलाई पनि व्यवसाय दर्ता, नविकरण र व्यवसाय संचालन गर्ने अधिकार स्थानिय सरकार संचालन ऐन २०७४ मा उल्लेख भएको तर प्रदेश अन्तरगतको जिल्ला घरेलु विकास समितिले स्थानिय सरकारमा दर्ता भएका व्यवसायलाई अनुदान नदिने र बैंक तथा वित्तिय संस्थाहरुले ऋण उपलब्ध नगराउने भएकाले स्थानिय व्यवसायीलाई व्यवसाय संचालन तथा परिचालन गर्न निकै असहज भएकाले सरोकारवाला निकायलाई बोलाएर छलफल गरेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

बैठकमा प्रदेश सरकारलाई स्थानिय सरकारलाई प्राप्त अधिकार कार्यान्वयनका लागि सहजिकरण गर्ने र कार्यविधि नबन्दासम्म तत्कालका लागि नगरपालिका र घरेलु विकास समितिमा दर्ता भएको व्यवसाय एउटै हो भनी प्रमाणित गरेको प्रमाणले स्थानिय सरकारमा व्यवसायलाई अनुदान दिने र बैंक तथा वित्तिय संस्थाहरुले ऋण उपलब्ध गराउने वातावरण सृजना गर्ने लगायतका बिषयमा छलफल भएको छ ।

बडिमालिका नगरपालिका भित्र सञ्चालित जति पनि व्यापार व्यवसाय छन् सबैलाई चालु वर्षको असारभित्र स्थानीयतहमा दर्ता गरेर मात्र सञ्चालन गर्न अनुरोध सहित निर्देशन दिइएको बडिमालिका नगरपालिकाले जनाएको छ । जस अनुसार नगरपालिका भित्र सञ्चालित होटल, किराना, खुद्रा तथा थोक (होलसेल), फेन्सी, कपडा, बुटिक, व्युटीपार्लरलगायत साना ठूला सबैखाले व्यापार व्यवसाय स्थानीयतहामा दर्ता गरेर स्थायी लेखा नं. (पान) लिन भनिएको छ । कर कार्यालयबाट पान नं. लिएपछि नगरपालिकामा सूचीकरण गरेर मात्र व्यवसाय सञ्चालन गर्न उनीहरुलाई अनुरोध गरिएको छ।
बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । व्यवसायीहरुले आफ्नो व्यापारिक फर्महरु दर्ता गरे गरेनन् भन्नेबारे जानकारी लिन नियमित अनुगमन गर्ने निणर्य गर्दै भेलाले अनुगमनको क्रममा बिना दर्ता व्यापार सञ्चालन गरेको पाइए तत्काल कारवाही गर्ने निणर्य पनि गरेको छ।

व्यवसायी दर्ता, कार्यविधि र कर सम्बन्धी सरोकारवाला निकायसंग छलफल गरिएको छ । बडीमालिका नगरपािलकाको राजश्व शाखाको आयोजनामा व्यवसायी दर्ता, कार्यविधि र कर सम्बन्धी स्थानिय जनप्रतिनिधि,बैंक तथा वित्तिय संस्थाका प्रमुख, जिल्ला घरेलु विकास समिति, उद्योग वाणिज्य संघ का पदाधिकारी तथा व्यवसायीहरुको सहभागितामा छलफल गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार