आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • फुटबल
  • विश्वकप फुटबल छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित

विश्वकप फुटबल छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित

  • शुक्रबार, चैत्र ९, २०८०
विश्वकप फुटबल छनोट : नेपाल बहराइनसँग ५-० ले पराजित

साउदी अरेबियामा– नेपाली राष्ट्रिय पुरुष फुटबल टोली फिफा विश्वकप छनोटमा खेलमा पराजित भएको छ। गएराति रफास्थित बहराइन नेसनल स्टडियममा भएको खेलमा बहराइनसँग ५-० गोल अन्तरले नेपाल पराजित भएको हो।

खेलको सुरुवातीदेखि नै बहराइनले नेपाललाई दबाबमा राख्दै खेलको दोस्रो मिनेटमा मेहदी अल–हुमैदनले पहिलो गोल गरेका थिए। लगत्तै ८ मिनेटमा बहराइनका सयद नासेरले दोस्रो र अतिरिक्त समयको अन्तिम ४८ औं मिनेटमा अली मदनले १ गोल गरी पहिलो हाफमा नेपाललाई ३-० गोलको अन्तरले पछाडि परेको थियो ।

खेलको दोस्रो हाफमा पनि बहराइनले नेपाललाई दबाबमा राख्दै ८७ औं मिनेटमा इब्राहिम अल–खटाईले १ गोल र अतिरिक्त समयमा इस्माइल अब्दुलातिफले पेलान्टीद्वारा १ गोल प्रहार गरेको हो।

यो खेलसँगै एसिया समूह एचमा तीन खेलबाट ९ अंक जोडेको युएई शीर्ष स्थानमा छ भने ६ अंक जोडेको बहराइन दोस्रो स्थानमा रहँदा ३ अंकका साथ यमन तेस्रो स्थानमा रहेको छ। अंकविहीन नेपाल भने पुछारमा रहेको छ। नेपालले यसअघि खेलेका २ खेलमा हार बेहोरेको थियो। पहिलो खेलमा युएईसँग ४-० र यमनसँग २-० गोल अन्तरले हारेको थियो।

चर्चामा

सम्बन्धित समाचार