शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा ९ को आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु

बुढिगंगा ९ को आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु

९ वटा वडामा बने नयाँ प्रशासकिय भवन

  • बिहिबार, चैत्र १, २०८०
बुढिगंगा ९ को आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु

टेक बहादुर बुढा —बाजुराको बुढिगंगा नगरपालिका ९ ले आफ्नै नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । लामो समय देखी साविकको बाह्रविस गाविसको भवनबाट सेवा दिदैं आएको वडा कार्यालयले नयाँ प्रशासकिय भवन निर्माण कार्य सम्पन्न भएसँगै विहिबारबाट सेवा प्रवाह सुरु गरेको हो ।

सोमबार बुढिगंगा नगरपालिका नगरप्रमुख, उप्रमुख, वडा अध्यक्ष, सदस्य तथा कर्मचारीले संयुक्त रुपमा नवनिर्मित भवनको उद्घाटन गरेका थिए । नवनिर्मित भवनको उद्घाटनसँगै दुई दिनसम्म सामान ओसारपोसार गरेको र बुधवारबाट आफ्नै भवनबाट सेवा सुरु गरिएको वडा अध्यक्ष मिन बहादुर सिंहले बताएका छन् ।

लामो समयसम्म साघुँरो, केहि गाउँबाट टाढा वडा कार्यालय हुँदा नागरिकलाई सेवा लिन समस्या थियो तर अहिले सबै गाउँको पायक पर्ने स्थानमा नयाँ भवन निर्माण गरेर सेवा सुचारु गरेको वडा अध्यक्ष सिंहले बताए । फराकिलो भवन निर्माणपछि अबदेखि नागरिकलाई छिटोछरितो रुपमा वडा कार्यालयको सेवा प्रवाहमा सहजता हुने उनले बताए ।

सो भवन नगरपालिकाको ९५ लाख ९ हजार २ सय ६८ रुपैयाँको लागतमा निर्माण गरिएको नगर उपप्रमुख माया कुवरले बताइन् । सो वडा कार्यालयको भवन निर्माणका लागि २०७९ पुष १७ गते सुरत शाहसँग ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता गरेको करिब १५ महिनाको अवधिमा भवन निर्माणकार्य सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

बुढिगंगा नगरपालिकाका १० वटा वडा मध्ये ९ वटा वडामा आफ्नै नयाँ प्रशासकिय भवन निर्माण गरिएको नगर प्रमुख राम बहादुर बानियाँले बताएका छन् । नगरपालिकाका वडा नंः १, २, ३, ४, ५ र ९ ले नयाँ भवनबाट सेवा सुरु गरिसकेका छन् । वडा नम्बर ६, ८ र १० मा केहि दिनमा सुचारु हुने नगर प्रमुख बानियाँले बताए । त्यस्तै वडा नं ७ मा पनि नयाँ भवन निर्माणाधिन रहेपनि अहिले नगरपालिकाले ठेक्का तोेडेर नयाँ प्रक्रियामा जाने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार