• होमपेज
  • समाचार
  • गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक (सूची सहित)

गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक (सूची सहित)

  • बुधबार, फाल्गुन ३०, २०८०
गणतन्त्र दिवसमा कैद छुट पाएका ४८२ जनाको नाम सार्वजनिक (सूची सहित)

सरकारले २०८० जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा कैद छुट दिएका ४८२ जनाको नामावली करिव १० महिनापछि सार्वजनिक गरेको छ । नेपालको संविधानको धारा २७६, फैजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७ तथा फौजदारी कसूर (कैद कट्टा) नियमावली, २०७६ को नियम तीन र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद छुट दिएकाको नामावली राजपत्रमा प्रकाशित भएको हो ।

रमेश थलङ भन्ने हेमबहादुर थलङसमेत ४८२ जना कैदीको भुक्तान हुन बाँकी कैद कट्टा भएको राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ । यस अघि कैद छुट तथा मिनाहा पाउनेको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गर्ने गरेको भए पनि व्यक्तिको गोपनियताको हकलाई ख्याल गरेर वेवसाइटमार्फत सार्वजनिक गर्न रोकेको छ । जसमा ७५ जना कर्तव्य ज्यान मुद्दाका कैदी बन्दीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले कैद छुट दिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार