शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • जगन्नाथ
  • संरचना तयार भएसँगै जगन्नाथ अस्पतालमा आवश्यक उपकरणहरु भित्रिदै

संरचना तयार भएसँगै जगन्नाथ अस्पतालमा आवश्यक उपकरणहरु भित्रिदै

  • सोमवार, फाल्गुन २८, २०८०
संरचना तयार भएसँगै जगन्नाथ अस्पतालमा आवश्यक उपकरणहरु भित्रिदै

बाजुरा —सरकारले दुई वर्षभित्र सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउनका लागि अस्पताल निर्माण गर्ने घोषणा गरे पनि कैयौ स्थानीय तहले निर्माणको प्रक्रिया नै अगाडि बढाएका छैनन् । सरकारले २०७७/७८ को नीति तथा कार्यक्रममा सबै स्थानीय तहमा आधारभूत स्वास्थ्य पुर्‍याउने उद्देश्यले पाँच, दस र पन्ध शैयाका अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो।

सोही अनुसार सरकारले बजेट विनियोजन गरेपनि कतिपय स्थानीय तहहरुमा जग्गा नभएको र उपलब्ध जग्गामा पनि विवादले गर्दा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन नसकेका हुन्। सरकारले २०७७/७८ मा ३९६ र २०७८/७९ मा दुई सय ५९ आधारभूत अस्पताल निर्माण गर्नका लागि बजेट विनियोजन गरेको थियो।

No description available.

अहिलेसम्म चार सय १३ स्थानीय तहले अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएका छन्। यस्तै २६ स्थानीय तहले सबै रकम लिएर अस्पताल निर्माणको अन्तिम प्रक्रियामा पुगेको अबस्थामा बाजुराको जगन्नाथ गाउँपालिकाले अस्पताल निर्माणको काम सम्पन्न गरि आगामी आर्थिक बर्षबाट सेवा संचालन गर्न लागि परेको छ ।

बाजुरा जिल्लाकै पहिलो पालिका अस्पतालको संरचना निर्माण भए पश्चात् स्वास्थ्यकर्मी राजन कुमार थापाको समन्वयमा आवस्यक उपकरणहरु पालिकामा भित्रिदै छन,दोर्सो चरणमा थप सम्पुर्ण उपकरणहरु बैशाख भित्र पालिकामा पुर्याइ सक्ने र जसको लागि सम्पुर्ण प्रक्रिया पूरा भएको स्वास्थ्यकर्मी थापाले बताए । जगन्नाथ पालिका अस्पतालले छिमेकी स्थानीय तहका नागरिक सङ्गै छिमेकी जिल्ला कालिकोट र मुगुलाई समेत सहज हुने भएकाे छ ।

No description available.

पालिका प्रमुखले नागरिकको स्वास्थ्य समस्यालाई चासो दिनु भनेको नै असल जनप्रतिनिधिको दायित्व हो । पालिका प्रमुखले स्वास्थ्य क्षेत्रमा देखाएको यो लगावले अति नै खुशी लाग्यो, सबै जनप्रतिनिधिहरुले यसरी बुझी दिए मात्रै सहज स्वास्थ्य सेवा नागरिकले पाउनेमा कठिन नहुने देखिन्छ। स्वास्थ्यको क्षेत्रमा एक स्वास्थ्यकर्मीको भुमिकामा रहि आफुले कोसिस गरिरहने स्वास्थ्यकर्मी थापाले बताए । स्वास्थ्यकर्मी थापा बिगत लामो समयदेखि पेशा सङ्गै स्वास्थ्य क्षेत्रमा सामाजिक सेवा गर्दै आइरहेका छन ।

चर्चामा

सम्बन्धित समाचार