काठमाडौँ — नयाँ गठबन्धनको भागबन्डा मिलेपछि पार्टीहरूबाट सिफारिसका प्रधानमन्त्रीले तय गरेका मन्त्रीहरूको बुधबार ५ :४५ बजे शपथ हुने भएको छ । सपथका लागि प्रधानमन्त्रीको सचिवालयले खबर गरेको छ । एमालेबाट रघुवी महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन् ।
एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ । माओवादीबाट सुदन किराती बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालले १७ जना मन्त्रीहरूको कार्यविभाजन गरी शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएका छन् । तीन जना मन्त्रीले सोमबारै शपथ लिएकाले बुधबार ५ बजे १४ जनाले शपथ लिनेछन् ।
१७ मन्त्रीको मन्त्रालय तोकियो [सूचीसहित] मन्त्रीहरूका कार्यविभाजन यसप्रकार छ ।
एमाले
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी
नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन, अर्थ
शक्ति बस्नेत, उर्जा
रेखा शर्मा, सञ्चार
हितबहादुर तामाङ, पर्यटन
रास्वपा
रवि लामिछाने, उपप्रधान तथा गृह
डीपी अर्याल, श्रम
विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
सुमना श्रेष्ठ, शिक्षा