• होमपेज
  • समाचार
  • दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

  • बुधबार, फाल्गुन २३, २०८०
दुर्घटना अपडेट : त्रिशूली नदीमा खसेकामध्ये ६ यात्रुको मृत्यु, ३७ जनाको जीवितै उद्धार

कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । न्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।

बस आज बिहान ५ बजे गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको थियो । नदीमा खसेकामध्ये ३७ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटबाट डिएसपीको कमान्डमा खटिएको टोलीले जीवितै उद्धार गरी गजुरी अस्पतालतर्फ पठाएको छ ।

उक्त स्थानमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २० जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार