शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • राजनीति
  • नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

  • सोमवार, फाल्गुन २१, २०८०
नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल

काठमाडौं —नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।

सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरुसँग छलफल गर्नुपर्ने बताए ।

‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउननुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, उनले भने, ‘अहिले हामी वेट एण्ड सी ।’

कांग्रेस–माओवादी–एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरु फिर्ता आउने खनालले बताए । हालको मन्त्रिपरिषदमा एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार