• होमपेज
  • राजनीति
  • नागरिक उन्मुक्ति सुदूरपश्चिममा निर्णायक, मुख्यमन्त्रीका लागि यस्तो छ अंकगणित

नागरिक उन्मुक्ति सुदूरपश्चिममा निर्णायक, मुख्यमन्त्रीका लागि यस्तो छ अंकगणित

  • सोमवार, फाल्गुन २१, २०८०
नागरिक उन्मुक्ति सुदूरपश्चिममा निर्णायक, मुख्यमन्त्रीका लागि यस्तो छ अंकगणित

नयाँ गठबन्धनबाट संघीय सरकार गठन गर्ने समझदारी बनेसँगै प्रदेशहरूमा पनि नयाँ गठबन्धन दलहरूबाटै मुख्यमन्त्री बनाउने तयारी भएको छ। कांग्रेससहित सत्ता गठनबन्धन भत्किएर एमालेसँगको नयाँ बन्न लागेको गठबन्धनमा सुदूरपश्चिम प्रदेश सरकार गठनमा भने नागरिक उन्मुक्ति निर्णायक हुने भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन्। नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन्।

सरकार गठनका लागि २७ जना सांसद आवश्यक हुन्छन्। माओवादी केन्द्र र एमालेको सांसद संख्या २० जना मात्र हुन्छ। त्यस अवस्थामा नागरिक उन्मुक्ति अनिवार्य हुन्छ। त्यही गणितलाई मध्यनजर गर्दै नागरिक उन्मुक्तिका अध्यक्ष रेशमलाल चौधरीले सुदूरपश्चिममा मुख्यमन्त्री दाबी रहेको बताइसकेका छन्। अहिले मुख्यमन्त्रीको रुपमा नेपाली काँगेसका नेता कमलबहादुर शाह छन्।
सरकारमा जाने/नजाने निर्णय गर्दै नागरिक उन्मुक्ति
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ सत्ता गठबन्धनप्रति आफू सकारात्मक भएको बताएका छन्। गठबन्धनमा सहभागी हुने अथवा नहुने निर्णय आज साँझ बस्ने पार्टी बैठकले गर्ने उनले बताए। ‘सुदूरपश्चिम प्रदेशमा हामी निर्णायक छौँ। यसकारणले गठबन्धनमा हाम्रो महत्व रहन्छ। गठबन्धनमा जोडिने कि नजोडिने सम्बन्धमा हामीले संघ र प्रदेशका सांसदहरुको बैठक बोलाएका छौँ’, उनले भने। ‘हामी सत्ता गठबन्धनप्रति सकारात्मक छौँ। विगतमा धोका खाएका छौँ। हाम्रा माग मुद्दा मनाएर अघि बढ्छौँ’, उनले भने।
माओवादीले मुख्यमन्त्री पाउने संभावना कति?
केन्द्रमा सत्तारुढ गठबन्धन फुटेर नयाँ समीकरण बनेसँगै प्रदेशमा पनि नयाँ सरकार बन्ने देखिएको छ। जसअनुसार सुदूरपश्चिममा पनि नयाँ सरकार बन्ने भएको हो। अहिलेको नेपाली काँग्रेस नेतृत्वको सरकार भङ्ग भएर नयाँ समीकरणको सरकार बनाउने तयारी थालिएको छ।

अब फेरिएको समीकरणमा भने नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गरेका छन्। माओवादीका संसदीय दलका नेता मानबहादुर धामी नयाँ मुख्यमन्त्री बन्ने चर्चा पनि चल्न थालेको छ। पूर्व वनमन्त्रीसमेत रहेका धामी दार्चुलाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। उनी हालै खगराज भट्टलाई हटाएपछि माओवादी दलको नेता बनेका थिए। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार