• होमपेज
  • राजनीति
  • प्रचण्डले अहिलेको गठबन्धन टुटाए नयाँ ढंगले छलफल गर्न एमाले तयार

प्रचण्डले अहिलेको गठबन्धन टुटाए नयाँ ढंगले छलफल गर्न एमाले तयार

  • सोमवार, फाल्गुन २१, २०८०
सेयर गर्नुहोस् :
प्रचण्डले अहिलेको गठबन्धन टुटाए नयाँ ढंगले छलफल गर्न एमाले तयार

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढंगले छलफल गर्न तयार रहेको बताएको छ । आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकले सो निष्कर्ष निकालेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘प्रधानमन्त्रीले अहिले भइरहेको गठबन्धनसँगको सहकार्य टुटाउन तयार हुनुपर्यो । उहाँ टुटाउन तयार हुनुभयो भने हामी नयाँ ढंगले छलफल गर्न तयार छौं ।’ उनले सत्ता गठबन्धनमा संकट बढेको भन्दै केही नयाँ घटना विकास हुने देखिएको पनि बताए ।

चर्चामा

सम्बन्धित समाचार