शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • हाम्रो देश हो तर चलाउँछन् सहकारी हरू

हाम्रो देश हो तर चलाउँछन् सहकारी हरू

  • सोमवार, फाल्गुन २१, २०८०
हाम्रो देश हो तर चलाउँछन् सहकारी हरू

हाम्रो देश हो तर चलाउँछन् सहकारी हरू,
विदेशीका दलाल ठेकेदार र व्यापारी हरू।

न्याय कानुनको आस नगरौँ जङ्गल राजमा,
फैलाउँदैछन् आइ एन जि ओ बिमारी हरू।

गाउँ सहर पुगे धर्म परिवर्तनका घुम्ती टोली,
ठुला-ठुला दाउँ लगाउँदैछन् यी जुवारी हरू।

भन्छ कसैले गौतमबुद्ध जन्मेको ठाउँ हाम्रो,
एउटै सन्तानमा खिचातानी लुटिए बारी हरू।

देश नागरिककै हो होइन मुठ्ठिभर दलालको,
उठौं जुटौँ र गरौँ सबै मिलेर खबरदारी हरू।

उस्तै लड्नु पर्छ जस्तो लडेका थिए खलङ्गा,
बाल बालिका बोकेर नै पुरूष सँगै नारी हरू।

चर्चामा

सम्बन्धित समाचार