आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभावले रोगसंग लडिरहेका कृष्णलाई खापरदेवस्थली माविको आर्थिक सहयोग

आर्थिक अभावले रोगसंग लडिरहेका कृष्णलाई खापरदेवस्थली माविको आर्थिक सहयोग

  • आइतवार, फाल्गुन २०, २०८०
आर्थिक अभावले रोगसंग लडिरहेका कृष्णलाई खापरदेवस्थली माविको आर्थिक सहयोग

बाजुरा —आर्थिक अभावले उपचार गर्न नसक्दा रोगसंग लडिरहेका बाजुराका कृष्ण धामीलाई खापरदेवस्थली माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ । खप्तड छेडेदह गाउँपालिका ४ मा रहेको सो विद्यालयले कृष्णको उपचारमा केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ आर्थिक सहयोग गरेको हो ।

आर्थिक अभावका कारण रोगले थला परेका कृष्णको सहयोगका लागि परिवारले सञ्चालन गरेको कृष्ण धामी बचाऔं अभियानमा खापरदेवस्थली माविले पनि सहयोग गरेको विद्यालयले जनाएको छ । कृष्णको जीवनरक्षार्थ थप उपचारका लागि सहयोग पुगोस् भन्नका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक र बिद्यार्थीहरुबाट १३ हजार १ सय १५ रुपैयाँ जम्मा गरेर परिवारको खातामा रकम उपलव्ध गराइएको प्रधानाध्यपक चन्द्र बहादुर थापाले बताएका छन् ।

खप्तड छेडेदह ४ स्थायी घर भई अहिले कैलालीको गोदावरी नगरपालिका ४ मा बस्ने २१ वर्षीय कृष्ण विगत ५ बर्षदेखि नसा सम्बन्धी रोगबाट ग्रसित रहेको पारिवारीक श्रोतले जनाएको छ । आर्थिक अभावले उपचार गर्न नसक्दा कृष्ण रोगले घरमै छट्पटाई रहेका छन भने उनको परिवारले सहयोगका लागि हारगुहार गरिहेका छन् ।

कृष्णका बुवा लाल बहादुर धामी दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका छन् । दैनिक ज्याला मजदुरी गरेको रकमले छाक टार्न समेत मुस्कील हुने गरेकोले छोराको उपचार गराउन नसकेको कृष्णका बुवा लाल बहादुर धामीले बताए । कृष्णलाई एक पटक उपचारका लागि काठमाडौं स्थित विर अस्पताल लगेपनि आर्थिक अभावका कारण एक महिना राखेर घर फर्कनु परेको उनले बताए ।

लाल बहादुरले आफ्नो छोराको उपचारमा सक्दो सहयोग गरिदिन सबैमा हारगुहार गरेका छन् । उनले छोरा बचाउ अभियानका लागि नबिल बैंकमा रहेको लाल बहादुर धामीको खाता नम्बर १४४०५०८००३१० मा सक्दो सहयोग जम्मा गरिदिन उनले आग्रह गरेका छन् ।

कृष्णको उपचारका लागि परिवारसहित युवाहरुले “कृष्ण धामी बचाउ अभियान” सुरु गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार