सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अग्लाे डाँडामा गएर फाेन गर्ने बाध्यताबाट मुक्त गौमुलका दुर्गम गाउँ

अग्लाे डाँडामा गएर फाेन गर्ने बाध्यताबाट मुक्त गौमुलका दुर्गम गाउँ

  • शनिबार, फाल्गुन १९, २०८०
अग्लाे डाँडामा गएर फाेन गर्ने बाध्यताबाट मुक्त गौमुलका दुर्गम गाउँ

बाजुरा — गौमुल गाउँपालिकाका विकट वडाहरुमा नेपाल टेलिकमको फोर जी सेवा सञ्चालनमा आएको छ । गौमुल गाउँपालिकाको पहलमा फोन नेटर्वक समेत नहुने गाउँमा फोर जी सहीतको सेवा संचालन ल्याएको हो । गौमुल गाउँपालिकाको अथक प्रयासपछि फोर जी सेवा सञ्चालनमा आएको गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन ।

लामो प्रयासपछि गाउँपालिकाको केन्द्र घट्मुना र विकट वडाहरुमा पूणर् रुपमा सेवा सञ्चालनमा आएको अध्यक्ष रोकायाले बताएका छन । बिकट गाउँका स्थानियले गाउँका टुपो र अग्ला अग्ला डाडाँमा गएर फोन गर्नुपर्ने समस्याबाट मुक्त गराउन नेपाल टेलिकमको समन्वयमा टावर जडान गरी फोर जी नेटवर्क सहितका टावर जडान गरिएको अध्यक्ष रोकायाले बताए । स्थानीय तह स्थापना भएदेखिको प्रयासले बल्ल सार्थकता पाएको रोकायाले बताए । अन्य विकासका क्रमहरु सुरु भएको भएपनि सहज नेटवर्क नआउने समस्याले नागरिक आजित हुने समस्या अब हटाएकाे अध्यक्ष राेकायाले बताए ।
लामो समयपछि गाउँपालिकामा फोर जी सेवा सञ्चालनमा आएको नेपाल दुरसञ्चार कार्यालय बाजुराका प्रमुख लोक बहादुर खड्काले बताएका छन । गौमुल गाउँपालिकाका १, २ र ३ नम्बर वडाको लागि वडा नम्बर ६ को माथिल्लो बसाला र ४, ५ र ६ नम्बर वडाका लागि रेडियो गौमुलको रिपिटर टावर रहेको सटेडामा फोर जी सेवाका लागि टावर राखिएको नेपाल दुर संचार प्राधिकरण बाजुरा प्रमुख खड्काले बताए ।

यस अघि फोन गर्न अग्ला डाँडामा जानुपर्ने बाध्यताबाट मुक्त भएको स्थानिय शुसिल रोकायाले बताए । अग्ला डाँडा पनि सबै स्थानमा नेटर्वक नै आउदैन थियो जिल्ला बाहिर रहेका आफन्तलाई फोन गर्न पनि समस्या हुने गरेको थियो अव त्यो समस्या नहुने भन्दै सेवाग्राही शुशिल रोकायाले खुसी ब्यक्त गरेका छन । गाउँगाउँमा फोन नेटवर्क संगै फोर जी सेवा सञ्चालन भएसँगै अग्लो डाँडा चढ्नुपर्ने, टाढाटाढा हिँडेर जानुपर्ने बाध्यता हटेको स्थानीय घमण्ड बहादुर सिंहले बताए । सिहले आफु घरबाहिर भएकाले बुबा आमासँग भिडियो कुराकानी गर्न पाएको भन्दै सामाजिक सञ्जालबाट खुशी व्यक्त गरेका छन् ।
विगतका दिनमा मोबाइलमा नेटवर्क खोज्न हिँड्नुपर्ने भएपनि अब गाउँपालिकामा फोर जी सेवा सुरु भएपछि स्थानीयबासी दङ्ग परेका छन् । गाउँमै फोर जी सेवा सुरु भएको छ, इन्टरनेट सेवा नहुदा यहाँका नागरिकलाई निकै सकस भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार