शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका शाखा प्रमुखद्धारा आफ्नै कर्मचारीमाथी हातपात

बडिमालिका नगरपालिका शाखा प्रमुखद्धारा आफ्नै कर्मचारीमाथी हातपात

  • शनिबार, फाल्गुन १९, २०८०
बडिमालिका नगरपालिका शाखा प्रमुखद्धारा आफ्नै कर्मचारीमाथी हातपात

बाजुरा– बडिमालिका नगरपालिका मेड्पा परियोजना प्रमुख रन्जीता शाहीले आफ्नै कर्मचारी माथि हातपात गरेकी छन । शुक्रबार दिउँसो कार्यालय समयमै शाहीले आफ्नै कर्मचारी कबिता कुमारी सुर्यबंसीमाथी हातपात गरेकी हुन ।
नगरपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत आइसकेपछी दैनिक कामको बिवरण सहितको कार्यसम्पादन गर्ने नियम बनाएपछि कार्यसम्पादन कागजात शाखा प्रमुखले च्यातेर फालिदिएपछी बिबाद हुदै चर्काचर्की भएको र पछी हातपात गरेको कर्मचारी कबिता कुमारी सुर्यबंसीले बताइन् । प्रमुख प्रशासकिय अधिकृतले कार्यसम्पादन सम्बन्धी डकुमेन्ट दिएको र सो डकुमेन्ट शाखा प्रमुख शाहीले च्यातिदिएपछी बिबाद सुरु भएको उनले बताईन् । उनि कुटिएपछी टाउकोमा चोट लागेर जिल्ला अस्पताल बाजुराको आकस्मीक कक्षमा उपचारमा रहेको बताइन ।
कार्यालय प्रमुखको कक्षमा कर्मचारी सुर्यबंसी पिरमर्का पोख्दै गर्दा एकाएक बेहोस भएर अस्पताल पठाएको प्रमुख प्रशासकिय अधिकृत बम बहादुर केशीले बताए ।  दुबै कर्मचारीहरु बिच आन्तरिक द्धन्द्ध हुँदै आएको हुनाले हुनसक्छ कार्यलयमा भनाभन र लुछाचुडी भएको रहेको रहेछ कुरा सामान्य जस्तै हो प्रमुख प्रशासकिय अधिकृत केशीले भने । आफु आज धनगडी जानुपर्ने भएकोले सो कुरालाइ आफु आइसकेपछी मिलाउने बताएका छन ।
यता कर्मचारी कबिता कुमारी सुर्यबंसीले भने पहिला देखी शाखा प्रमुख शाहीले आफुलाई हेप्दै आएको बताइन् । शुक्रबारको घटना बाहिर आए पनि यस अघि पनि कार्यालयमा छाडा गालि गर्ने र हेप्ने गरेको बताइन । सुर्यबंसीले भनिन कार्यालयमा शाहीले परियोजनाको पैशा समेत हिनाबिना गरेको सामान खरिद गर्दा आफ्नै मनपरी गरेको कुरा उठाउदा आफुमाथी आक्रमण भएको बताएकी छन । शाखा प्रमुख जिम्मेवारी पाएकी शाहीले परियोजनाका बारेमा समन्वय, सहकार्य नगरि कार्यक्रम एकलौटी चलाउदै आएकी र आफुले सो कुराको बिरोध गर्दा आफुले हेपिनु परेको आराेप समेत लगाएकी छन । बडिमालिका वडा नम्मर २ मा प्रबिधी बितरण कार्यक्रम अन्तरगतको ६ लाख रुपियाँ हिनाबिना गरेको र सो उजुरी न्यायीक समितिमा गएको बताएकी छन । न्यायिक समितिले पनि हालसम्म सो मुद्धा नहेरिदिएको समेत बताइन ।

चर्चामा

सम्बन्धित समाचार