आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • गरिब असाय माथि अन्याय अत्याचार

गरिब असाय माथि अन्याय अत्याचार

  • शनिबार, फाल्गुन १९, २०८०
गरिब असाय माथि अन्याय अत्याचार

दिनौं मारिन्छन् बालिकाहरू बलात्कार हुन्छ,
गरिब असाय माथि अन्याय अत्याचार हुन्छ।

तानाशाही जन्मिए स्वतन्त्रताको आबरणमा,
राजधानिभित्र गणतन्त्रमाथि नै प्रहार हुन्छ।

कस्ले दिने न्याय कस्को भर पर्ने आज भोली,
भनौं देशमा काहाँ बिस्वासिलो पहेरेदार हुन्छ।

अन्याय अत्याचार महंगी भ्रष्टाचार बढ्दै गयो,
रोकिदैन किन कि न्यायमाथि नै व्यापार हुन्छ।

छोरा गुमाउँछन् र छोरी गुमाउँछन् बा आमाले,
भन के बित्छ होला जस्को त्यही संसार हुन्छ।

कती फस्छन् होल अपराधीहरू देशमा हाम्रो,
जब उक्त घटनाको निश्पक्षिय चिरफार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार