सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगामा ३० बढि मेलमिलाप सहजकर्तालाई पुर्नताजकीय तालिम

बुढीगंगामा ३० बढि मेलमिलाप सहजकर्तालाई पुर्नताजकीय तालिम

  • शनिबार, फाल्गुन १९, २०८०
बुढीगंगामा  ३० बढि  मेलमिलाप सहजकर्तालाई पुर्नताजकीय तालिम

बाजुरा–  बुढीगंगा नगरपालिकाले मेलमिलाप सहजकर्ताहरुका लागि पुर्नताजकीय तालिम सञ्चालन गरेको छ । न्यायीक समिति अन्र्तगत रहेर काम गर्ने मेलमिलाप कर्ताहरुका लागि तीन दिने तालिम सञ्चालन गरिएको न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख माया कुँवरले बताएकी छन् ।

तालिमको उपप्रमुख कुँवरले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेकाे जनाएकाे छ । मेलमिलाप नीति, मेलमिलाप सहजकर्ताका काम कर्तव्य र अधिकार, मेलमिलाप गर्दा ध्यान पुर्याउने विषयहरुका बारेमा जानकारी गराइने भएको छ । तालिममा न्यायीक समितिमा आउने उजुरी र न्यायीक सम्पादन गर्दा कानुनी रुपमा ख्याल गर्नुपर्ने कुराहरुलाई समेत तालिममा जानकारी गराइने भएको छ । अधिवक्ता हर्कबहादुर खडायत र तुलाराम जैशीले सहजिकरण गर्ने तालिममा ३० जना सहभागि छन् । ती सबै सहभागिलाई यस अघि पालिकाकै अगुवाईमा कानुनी परामर्श तथा सचेतना बारे ४८ घण्टे तालिम पनि दिएको थियो ।

मेलमिलाप कर्ताहरुलाई थप क्षमता अभिवृद्धिका लागि पुर्नताजकीय तालिम सञ्चालन गरिएको उपप्रमुख माया कुँवरले बताएकी छन् । तालिम उद्घाटन समारोहमा धर्मराज जैशी, सुशिला मिजार, निमित्त प्रसाशकीय अधिकृत प्रेमराज जैशी, बुढीगंगा ६ का कार्यवाहक अध्यक्ष पार्वती पाध्याय सहीत सहभागि थिए । तालिम फालासैनमा रहेको बडीमालिका होटलमा सञ्चालन भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार